महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र सरसफाइ गर्नु हामी सम्पूर्णको दायित्व हो भन्ने कुरालाई मनन गर्दै दाङ महिला जेसीजको आयोजनामा तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा घोराही-१८, अम्बिकेश्वरी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरियो। दाङ महिला जेसीजको अध्यक्ष जेसी जिबा भुसाल ज्युको अध्यक्षता,मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री कुमुद पोखरेल ज्यू को प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्री रमेश कुमार सिंह ज्यूको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम समापन गरियो। उक्त कार्यक्रममा सरसफाई तथा व्यवस्थापन समितिलाई सरसफाईमा सजगताको लागि सरसफाइ सामग्री समेत हस्तान्तरण गरियो।
कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथि ज्यूले दशैंको शुभकामना सहित आफ्नो मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमका संयोजक जेसी नोमिका चौधरी ज्यूको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा तालिम निर्देशक जेसी जुनकुमारी बुढा ले आस्था पाठ गर्नुभएको थियो। सम्पूर्ण उपस्थित व्यक्तिहरुलाई कानुनी सल्लाहकार जेसी ममता विष्टले धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरी ज्युले गर्नुभएको थियो।