पर्वत जेसीजद्वारा ३०४ औं पृथ्वी जयन्तीका अवसरमा दीप प्रज्वलन

2026-01-15

२७ पौष, पर्वत-पर्वत जेसीजले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पर्वतको कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको छ ।
३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रम गरिएको हो  ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै दीप प्रज्जलन गरिएको पर्वत जेसीज-२०२६ का अध्यक्ष शर्मिला शर्माले जानकारी दिनुभयो । शाहको योगदान सधैं स्मरणीय र अनुकरणीय रहेको उहाँले बताउनुभयो ।
शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायतका दिव्योपदेश आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।
‎कार्यक्रममा पर्वतका पुर्व जिविस सभापति इच्छा बहादुर गुरुङ,  पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पर्वत जेसीजका निवर्तमान अध्यक्ष अच्युत पौडेल, पर्वत जेसीजका पुर्व अध्यक्षहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियोे । पर्वत जेसीज-२०२६ का अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रामचन्द्र सुवेदीले गर्नुभएको थियोे ।

JCI News Archive