म्याग्दी जेसीजको प्रथम सञ्चालक समितिको बैठक सम्पन्न

2026-01-16

म्याग्दी जेसीजको प्रथम सञ्चालक समितिको बैठक मिति: २०८२ माघ ०२ गते शुक्रवार (तदनुसार १६ जनवरी , का दिन म्याग्दी जेसीजको सचिवालय मा जेसी सुष्मा खत्री ( उपाध्यक्ष) ज्युको अगुवाइ मा जेसीज आस्था , जेसी सज्जन श्रेष्ठ (कानुनी सल्लाकार ) ज्युको स्वागत मन्तव्य र अध्यक्ष जेसी दिनेश कुमार विश्वकर्माको अध्यक्षतामा  सम्पन्न भएको छ।


बैठकमा म्याग्दी जेसीज वर्ष–२०२६ को प्रकरण “Leading Change, Empowering Generations” लाई व्यवहारमा उतार्ने उद्देश्यका साथ वर्षका लागि तयार गरिएको प्रस्तावित वार्षिक कार्ययोजना तथा बजेटमाथि छलफल गरी आवश्यक संशोधनसहित  साधारण सभामा लगि स्वीकृत गर्ने निर्णय गरियो। “हाम्रो एक रुपियाँ, हाम्रो भविष्य” कार्यक्रमलाई म्याग्दी जेसीजको दीगो तथा निरन्तर कार्यक्रमको रूपमा सञ्चालन गर्ने निर्णय गरियो। उक्त कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै संस्थागत रूपमा अगाडि बढाइने निर्णय गरियो। 


बैठकले शाखाको गतिविधिलाई थप प्रभावकारी, परिणाममुखी तथा दिगो बनाउने विभिन्न निर्णयहरू गर्दै आगामी दिनमा युवाको नेतृत्व विकास र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।


बैठकमा प्रमुख सल्लाहकार जेसी विरेन्द्र श्रेष्ठ ज्युको गरिमामय उपस्थिति र सञ्चालक समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

JCI News Archive