पर्वत जेसीज प्रथम सञ्चालक समितिको बैठक सम्पन्न

2026-01-17

मिति २०८२ माघ ०२ गते, शुक्रवार (तदनुसार १६ जनवरी २०२६) का दिन पर्वत जेसीजको सचिवालयमा पर्वत जेसीज वर्ष २०२६ को प्रथम सञ्चालक समितिको बैठक अध्यक्ष जेसी शर्मिला शर्मा (शाखा अध्यक्ष – २०२६)ज्यूको अध्यक्षतामा सम्पन्न भयो।


बैठकमा अनुभवी जेसी सदस्य जेसी हेमन्त बाबु आचार्यज्यूलाई अध्यक्ष सल्लाहकारका रूपमा मनोनयन गर्ने विषयमा विस्तृत छलफल गरियो। उहाँको अनुभव, मार्गदर्शन तथा नेतृत्व क्षमताले पर्वत जेसीजको संस्थागत विकास र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने निष्कर्ष बैठकले निकालेको छ।


छलफल पश्चात आज सम्पन्न बैठकको सर्वसम्मत निर्णयअनुसार, जेसी हेमन्त बाबु आचार्यज्यूलाई पर्वत जेसीजको अध्यक्ष सल्लाहकारका रूपमा मनोनयन गरिएको छ।

अन्त्यमा अध्यक्षज्यूले उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै बैठक समापन गर्नुभयो।

JCI News Archive