भेरीगंगा जेसीजको बर्ष २०२५ को चौथो बोर्ड बैठक भेरीगंगा जेसीजको सचिवालयमा मिति २०८२ श्रावण ३ गते सम्पन्न

2025-07-19

भेरीगंगा जेसीजको बर्ष २०२५ को चौथो बोर्ड बैठक भेरीगंगा जेसीजको सचिवालयमा मिति २०८२ श्रावण ३ गते सम्पन्न भयो। अध्यक्ष जेसी मुक्तिराम तिवारीको अध्यक्षता मा बसेको बैठकमा संस्था का संस्थापक अध्यक्ष, सम्पूर्ण पूर्व अध्यक्षहरू, र बोर्ड पदाधिकारीहरू सहभागी थिए। बैठकको मुख्य उद्देश्य संस्था को आगामी योजनाहरू, कार्यक्रमहरू र रणनीतिहरूको समीक्षा गर्नु थियो। यस क्रममा विभिन्न महत्वपूर्ण निर्णयहरू लिइएको थियो, जसले संस्था को विकास र समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। बैठकमा संस्थाको वर्तमान गतिविधिहरूको समीक्षा गर्दै नयाँ कार्यक्रमहरूको योजना बनाइएको थियो। साथै, सदस्यता विस्तार, स्वावलम्बनका योजना र सामाजिक सेवाका कार्यक्रमहरूलाई अझै प्रभावकारी बनाउने कुरामा पनि छलफल भयो। यस बैठकलाई भव्य र सभ्य ढंगले सम्पन्न गरियो, जसले संस्था को सदस्यहरूमा उत्साह र एकता कायम राख्न मद्दत पुर्‍याउने छ। यसले आगामी दिनहरूमा भेरीगंगा जेसीजलाई थप समर्पित र सक्रिय बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्दै चौथो बोर्ड बैठक सम्पन्न गरीयो ।


JCI News Archive