कमलनगर जेसीजको निरुपित राष्ट्रिय उपाध्यक्षबाट शाखा भ्रमण कार्यक्रम–२०२५

2025-06-09
मिति २०८२ साल जेष्ठ २६ गते आईतबार तदनुसार 08, June, 2025 का दिन कमलनगर जेसीजको आयोजनामा नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्षज्यू जेसी उज्जवल काब्राको निरुपित शाखा कमलनगर जेसीजको शाखा भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमका संयोजकत्व वर्ष २०२५ का कार्यकारीणी उपाध्यक्ष जेसी रोशन अधिकारीले गर्नु भएको थियो । कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, सयोंजकहरु, पूर्वअध्यक्षहरु, सदस्यहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी उज्जवल काब्राको प्रमुख आतिथ्यताले कार्यक्रमको गरिमा थप बढाएको थियो ।
नेपाल जेसीजको वर्ष २०२५ को कार्ययोजना, जेसीआई फ्रेमवर्क तथा शाखा पदाधिकारी एवं सदस्यहरुको व्याक्तित्व तथा नेतृत्व विकास सम्बन्धी विविध पक्षहरुमा अन्तरक्रियात्मक छलफलमार्फत कार्यक्रमलाई सहजिकरण गर्नु भएको थियो । यसैगरि, अध्यक्ष जेसी भिम अधिकारीले कमलनगर जेसीजले हालसम्म सञ्चालन गरेका कार्यक्रमहरु, राष्ट्रिय कार्यक्रमहरुमा शाखाको सक्रिया सहभागिता, छिमकी शाखाहरुले गरेका कार्यक्रमा गरिएको उपस्थिती सम्बन्धी र समग्रमा कमलनगर जेसीजको सुदृढीकरणका लागि नेपाल जेसीजसँगको सहकार्य र अपेक्षाबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सम्पन्न पश्चात निरुपित राष्ट्रिय उपाध्यक्षले कमलनगर जेसीजको निर्माणाधिन निजि सचिवालयको पनि अवलोकन भ्रमण गर्नु भएको थियो । उक्त अवसरमा सचिवालय निर्माणको पहलप्रति प्रंशसा व्यक्त गर्दै आगमी दिनमा अझ सुदृढ संस्थागत संरचना निर्माण केन्द्रित रहन प्रेरणा प्रदान गर्नु भयो ।
यस कार्यक्रमले कमलनगर जेसीजको संगठनात्मक सबलीकरण, सदस्यहरुको क्षमता अभिबृद्धि र नेपाल जेसीजसँगको सहकार्यलाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।
जेसी मिलन सापकोटा
महासचिव, वर्ष २०२५
जेसी भिम अधिकारी
अध्यक्ष, वर्ष २०२५
एवं समस्त कमलनगर जेसीज परिवार
JCI News Archive