अन्तरशाखा तालिम सम्पन्न
जेसीआई पोखराको आयोजनामा र जेसीआई नेपालको सहयोगमा JCI Strategy in Action विषयमा अन्तरशाखा तालिम सेप्टेम्बर २७ र २८ गते लेकसाइड स्थित टुकी रिसोर्टको सभाहलमा सम्पन्न गरेको छ । उक्त तालिममा जेसीआई नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रिधर वस्यालले सहजिकरण गर्नुभएको थियो । जेसीआई पोखराका अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजकत्व जेसी मिराज ढकाल र जेसी सुशान्त पराजुलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य अध्यक्षीय सल्लाहकार जेसी शिव सापकोटाले राख्नुभएको थियो । उक्त तालिममा विशेष अतिथिको रुपमा जेसीआई नेपाल क्षेत्र “ख” निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटा, अतिथि राष्ट्रिय उपाध्यक्ष जेसिआई सिनेटर कमल भण्डारी, जेसीआई पोखराका निवर्तमान अध्यक्ष तथा जेसीआई नेपाल क्षेत्र “ख” का तालिम आयुक्त जेसी शिव सुवेदी, जेसीआई वुटवलका निवर्तमान अध्यक्ष जेसी यम प्रसाद तिवारी, जेसीआई वालिङ्गका निवर्तमान अध्यक्ष लक्ष्मण अधिकारीको उपस्थित रहेको थियो । सेप्टेम्बर २७ वेलुका ५ः३० बजे देखी १०ः०० बजे सम्म र सेप्टेम्बर २८ विहान ८ः०० बजे देखी १०ः०० बजे सम्म सञ्चालन भएको उक्त तालिममा जेसीआई पोखरा लेडि, जेसीआई लेखनाथ, जेसीआई लेखनाथ जुनियर जेसीआई गोर्खा, जेसीआई वालिङ्ग प्रस्तावित जेसीआई भिरकोट, प्रस्तावित जेसीआई गल्याङ्ग, जेसीआई रत्ननगर लगायतका शाखाहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागी रहेको थियो ।
तालिममा जेसीआईको मिसन, भिजन र जेसीआई अन्तराष्ट्रियले देखाएको मार्गदर्शन, प्रतिवेदन लेखन, समाजमा जेसीआईले कसरी दिगो प्रभावकारी कार्यक्रमहरु गर्ने भन्ने विषयहरुमा सहजीकरण गरिएको थियो । कार्यक्रमका विशेष अतिथि क्षेत्र “ख” निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटाले तालिमबाट सिकेका कुराहरु व्यवहारमा उतार्न सकेमात्र तालिमको औचित्य रहने धारणा राख्नुभयो । कार्यक्रमको समापन समारोहमा जेसीआई पोखरा लेडिकी अध्यक्ष जेसी सपना गिरी, जेसीआई लेखनाथका अध्यक्ष जेसी रोशन अधिकारी, जेसीआई वालिङ्गका निवर्तमान अध्यक्ष जेसी लक्ष्मण अधिकारी लगायतले मन्तव्यको क्रममा तालिम अत्यन्त फलदायी भएको बताउनुभएको थियो । जेसीआई पोखराका महासचिव जेसी शक्ति वरुवालले सञ्चालन गर्नुभएको उक्त तालिममा धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जेसी सुशान्त पराजुलीले राख्नुभएको थियो ।