बहुशाखा "संसदीय सभा प्रणाली तालिम" (Multichapter Parliamentary Procedure Training)
धरान जेसीजको आयोजना तथा नेपाल जेसीज तालिम ईन्स्टिच्युटको सहयोगमा अाज धरान १२ स्थीत होटल पुर्वी स्टारमा संसदीय सभा प्रणाली तालिम संचालन भयो।
धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीज्युको सभापतित्वमा भएको तालिममा धरान जेसीज सहित बिराटनगर जेसीज, ईटहरी, दुहबी, धनकुटा सिटी, झुम्का जेसीज तथा ईटहरी लेडी जेसीजका अध्यक्ष तथा पदाधिकारी गरी ३ दर्जन जनाले तालिम लिनुभयो।
संसदीय सभा प्रणालीमा जेसीजको हरेक बैठक संचालन गरिने परम्परालाई यस तालिमले अझ निरन्तर लान निकै महत्त्वपूर्ण भुमिका खेल्नेछ।
प्रमुख प्रशिक्षक धरान जेसीज तथा नेपाल जेसीजका पुर्व अध्यक्ष एवं अन्तरास्ट्रिय जेसीजका पूर्व उपाध्यक्ष सिनेटर राजबिमल श्रेष्ठज्यु,प्रशिक्षकद्वय धरान जेसीजका पूर्व अध्यक्षहरु जेसी मोहन श्रेष्ठज्यु र जेसी गौरव सन्जेलज्यु ले प्रशिक्षण
दिनु भएको थियो।