धनगढी जेसीजको पदस्थापन यहि माघ २ गते तदनुसार २०२० जनवरी १६ बिहिबारका दिन धनगढी स्थित होटेल रुबस मा सम्पन्न भयो । धनगढी उप-महानगरपालिकाका मेयर श्री निर्प बहदुर ओड ज्यूको प्रमुख आतिथ्यता र नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसी टेक राज रेग्मि ज्यूको बिशिष्ठ आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रम मा धनगढी जेसीज बर्ष २००७ का अध्यक्ष सिनेटर करुणाकर पाण्डेय ज्यू निर्वाचन अधिकृत रहनु भएको थियो। करिब १५० जना को उपस्थित रहेको पदस्ठापन कार्यक्रममा अतिथीको रुपमा नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष द्वय जेसि राम बहादुर बोगटी र जेसि गणेश साउद, कैलालि उद्द्योग बाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष श्री पुष्कर राज ओझा, कैलालि जिल्ला खेलकुद बिकास समिती का अध्यक्ष बाबु राजा श्रेष्ठ, लायन्स क्वव अफ धनगढी ग्रीन सिटी का अध्यक्ष लायन गोविन्द खतिवडा लगायत को उपस्थिती रहेको थियो। नवनिर्वाचित अध्यक्ष जेसी श्याम पाठक ज्यू ले २३ सदस्यिय कार्यसमिति लाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो।